दफा ४१
खुद आयको बाँडफाँड
(१) कुनै आर्थिक वर्षमा बैंकले खुद आय आर्जन गरेमा त्यस्तो आयको बाँडफाँड तथा प्रयोग देहाय बमोजिम गर्नु पर्नेछः– (क)खुद आयबाट पुनर्मृल्याङ्कन नाफा बराबरको रकमलाई पुनर्मूल्याङ्कन जगेडा कोषमा छुट्टयाई राख्नु पर्नेछ । (ख)खण्ड (क) बमोजिम रकम छुट्टयाएपछि कायम हुन आउने वितरणयोग्य खुद आयको पाँच प्रतिशत रकम मौद्रिक दायित्व कोषमा, दश प्रतिशतमा नघट्ने गरी समितिले तोकेको रकम साधारण जगेडा कोषमा, पाँच प्रतिशत रकम वित्तीय स्थायित्व कोषमा तथा समितिले तोके बमोजिमको रकम खुद सञ्चित बचत कोषमा राख्नु पर्नेछ । (ग)खण्ड (ख) बमोजिम रकम विनियोजन गरिसकेपछि समितिले बाँकी बचतबाट अन्य कोषमा आवश्यकता अनुसार रकम विनियोजन गरुी बाँकी रहन आउने रकम नेपाल सरकारमा दाखिला गर्नु पर्नेछ । (२) साधारण जगेडा कोष र सञ्चित बचत कोषको रकम बैङ्कको पूँजी बृद्धि गर्नका लागि समेत प्रयोग गर्न सकिनेछ । (३) उपदफा (१) र (२) बमोजिम कोषमा जाने रकम बाहेक अन्य रकमका सम्बन्धमा नियममा व्यवस्था भए बमोजिम हुनेछ ।